एजेन्सी । लिभरपुल फरवार्ड डिएगो जोटा चोटका कारण ६ देखि ८ महिना मैदान बाहिर रहने भएका छन् ।लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले जोटाको चोटको जानकारी दिदै उनी कम्तिमा ६ हप्ता मैदान बाहिर रहने पुष्टि गरे ।च्याम्पियन्स लिगको गत बुधबारको खेलमा लिभरपुलले १–१ गोलको बराबरी खेल्दा जोटाले चोट बोकेका थिए ।

क्लोपले जोटालाई कुनै सल्यक्रियाको आवश्यकता नरहेको समेत बताए ।‘चिकित्सकले सबै चिजबाट यसमा नजर लगाएका छन् । तर सल्यक्रियाको कुनै आवश्यकता छैन । तर उनी केही समयका लागि बाहिर रहनेछन् । हामीलाई ठिकसंग थाहा छैन । तर एक, डेढदेखि दुई महिना । हामी ठ्याक्कै जान्दैनौ ।’ क्लोपले भने ।

क्लोपले बैकल्पिक डिफेन्डर कोस्तस त्सिमिकसले समेत घुँडाको चोट बोकेको बताएका छन् । उनले कोस्तसको चोट पनि जोटा जस्तै रहेको उल्लेख गरे ।लिभरपुलका मुख्य डिफेन्डर भार्जिल भान डिजिक समेत लामो समयका लागि मैदान बाहिर रहेका छन् । यस्तै, जोए जोमेजलाई समेत घुँडाको चोट रहेको छ ।


Like it? Share with your friends!

admin