एजेन्सी – बालोन डि’ओरको ड्रिम टिममा पर्न सफल भएपनि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले खुसी व्यक्त गरेका छन् । विश्वभर अन लाइन भोटिङबाट फ्रान्स फुटबलले सार्वजनिक गरेको फुटबल इतिहासका उत्कृष्ट ११ मा मेस्सी पनि पर्न सफल भएका छन् ।

उत्कृष्ट ११ मा मेस्सीसहित लेभ यासिन, काफु, फ्रान्ज बेकनबाउर, पाउलो माल्दिनी, जाभी, लोथार मथाउस, पेले, डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डो र रोनाल्डो नाजारियो छन् । विश्वको नम्बर एक गोलकिपरमा रसियाका महान खेलाडी लेभ यासिन परेका छन् । सोभियत युनियनबाट सन् १९५४ देखि १९७० सम्म खेल्ने क्रममा यासिनले ७४ खेल खेलेका थिए ।

त्यस्तै रक्षापक्तिका उत्कृष्ट ३ मा जर्मनका फ्रान्ज बेकनबाउर, ब्राजिलियन फुलब्याक काफु र इटालियन महान पाब्लो माल्दिनी रहेका छन् । बार्सिलोनाका महान जाभि हर्नान्डेज इतिहासकै सर्वाधिक सफल डिफेन्सिभ मिडफिल्डर चुनिएका छन् । स्पेनिस जाभीले विश्व कप, युरोपियन च्याम्पियनसिप जितेका थिए । त्यस्तै बार्सिलोनाका लागि ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जाभीले जितेका थिए ।


Like it? Share with your friends!

admin