एजेन्सी – तलब कटौतीका लागि राजी नभए सुपर स्टार लिओनल मेस्सीले क्लब छाड्नुपर्ने बार्सिलोनाका अध्यक्षका उम्मेदवार इमिली राउसाउडले बताएका छन् ।

अर्जेन्टिनी स्टारको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०२१ को अन्त्यमा टुंगिनेछ । जनवरी १ मा सुरु हुने ट्रान्सफर विन्डोमा मेस्सी कुनै पनि क्लबसँग कुरा गर्नका लागि उपलब्ध हुनेछन् । ‘हामी उनीसँग बस्नेछौं र तलब कटौतीका विषयमा सोध्नेछौं,’ राउसाउडले भनेका छन्, ‘अहिलेको परिस्थिति त्यस्तै छ । स्थिरता छैन ।’ मेस्सीले पनि त्याग गर्नुपर्नेमा उनको जोड थियो ।

‘यदि त्यस्तो सम्झौतामा हामी पुग्न सकेनौं भने मेस्सीले क्लब छाड्नेछन्,’ बार्सिलोनाका पूर्व उपाध्यक्ष समेत रहेका उनले भने, ‘उनी क्लबका लागि महत्वपूर्ण खेलाडी हुन् । यद्दपी उनलाई क्लब छाड भन्नु सहज हुने छैन ।’


Like it? Share with your friends!

admin