1
1 point

एजेन्सी – इटालियन लेजेण्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लो युभेन्ट्सको युवा टोलीको प्रशिक्षक बनेका छन् । युभेन्टसले आफ्ना पुर्व भेट्रान मिडफिल्डर पिर्लाेलाई यु–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

युभेन्ट्सले एक विज्ञप्ति निकाल्दै पिर्लोलाई यु–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । पिर्लोसँगको अन्य सम्झौताबारे भने युभेन्ट्सले केहि खुलाएको छैन । पिर्लाेको यो पहिलो प्रशिक्षण जिम्मेवारी हो । ४१ वर्षीय पिर्लो पाँच वर्षपछि फरक भुमिकामा युभेन्ट्स फर्किएका हुन् ।

पिर्लाेले सन् २०१५ मा युभेन्ट्स छाड्दै अमेरिकी मेजर लिग सकर क्लब न्युयोर्क सिटी पुगेका थिए । दुई वर्ष न्युयोर्क सिटीबाट खेल्दै पिर्लाेले व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए । त्यसपछि उनी प्रशिक्षण करियरमा लागेका थिए ।

सन् २००१ देखि २०११ मा एसी मिलानबाट खेलेका पिर्लाेले २०११ देखि २०१५ सम्म युभेन्ट्स बाट खेलेका थिए । उनले युभेन्टसका लागि १६४ खेलमा १९ गोल गरेका छन् । न्युयोर्क सिटीबाट ६२ खेलमा १ गोल गरेका थिए । मिलानबाट ४०१ खेलमा ४१ गोल उनको नाममा छ । २०१५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका पिर्लाेले इटलीबाट ११६ खेलमा १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

पिर्लाेले युभेन्टसबाट चार सिरी ‘ए’ र समान एक कोपा इटालिया र सुपर कोपा जितेका छन् । एसी मिलानबाट दुई सिरी ‘ए’, दुई च्याम्पियन्स लिग र दुई युइएफए सुपर कप जितेका छन् । यस्तै समान एकपटक कोपा इटालिया, सुपर कोपा इटालिया र फिफा क्लब वल्डकप जितेका छन् ।


Like it? Share with your friends!

1
1 point
admin