MADRID, SPAIN - NOVEMBER 26: Benzema of Real Madrid speaks with Neymar of PSG at the end of the UEFA Champions League Group A soccer match between Real Madrid and Paris Saint-Germain at the Santiago Bernabeu Stadium in Madrid, Spain on November 26, 2019. (Photo by Burak Akbulut/Anadolu Agency via Getty Images)

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारको ड्रिब्लिङ क्षमताबाट रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमा प्रभावित छन् । बेन्जेमालाई लाग्छ उनको ड्रिब्लिङको क्षमता नजिक अरु कोहि पुग्न सक्दैन ।

नेयमार बार्सिलोनामा रहँदा यी दुई खेलाडीबीच एल क्लासिकोमा एकअर्का विरुद्ध उत्रेका छन् । तर अहिले पनि फ्रान्सेली फरवार्डले नेयमारको क्षमताको तारिफ त्यसरी नै गर्ने गरेका छन् । उत्कृष्ट ड्रिब्लिङ क्षमता भएका ५ खेलाडीका बारेमा सोध्दा बेन्जेमाको जवाफ थियो, ‘नेयमार, अनि मात्र उनी ।’

यो वर्षको बालोन डी ओर अवार्डका लागि कतिपयले बेन्जेमालाई पनि बलियो दाबेदारका रुपमा हेरेका थिए । तर कोभिड १९ का कारण यसपटकको बालोन डी ओर रद्द भएको छ । ‘पक्कै मैले पनि बालोन डी ओरको बारेमा सोचेको थिए । मैले सानो उमेरदेखि नै त्यसलाई देख्दै आएको थिए । तर त्यसकै लागि आतुर भने थिइन’, उनले भने,‘ म त्यसका लागि मरिहत्ते गर्ने खेलाडी होइन । तर सामान्यतया यदि तपाई प्रतिस्पर्धामा हुनुहुन्छ भने अपेक्षा गर्नु स्वभाविक हो ।’

बेन्जेमाले विश्वको उत्कृष्ट फरवार्ड आफू नै हो भन्नेबारे नसोचेको प्रष्ट पारेका छन् । ‘मैले आफुलाई त्यसरी दाबी गरेको छैन, ‘विश्वको उत्कृष्ट नम्बर ९ को भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मलाई लाग्छ उत्कृष्ट फरवार्ड हुनका लागि ९ वा १० नम्बर जर्सी हुनुपर्छ भन्ने छैन ।’

ओसासुनाविरुद्धको गोललाई बेन्जेमाले आफ्नो उत्कृष्ट गोल मानेका छन् । उनले हालका प्रशिक्षक जिनेदिन जिदानसँग खेल्ने आफ्नो इच्छा रहेको पनि सुनाए । आफ्नो खेल जीवनमा सबैभन्दा प्रभाव पार्ने प्रशिक्षकका बारेमा सोधिएको प्रश्नमा भने उनले एकजना मात्र छनोट गर्न कठीन हुने बताए । ‘मैले हरेक प्रशिक्षकसँग केहि न केहि सिकेको छु,’ उनले थपे,‘ जोजे माउरिन्हो, कार्लो एन्सेलोटी, गौरिन, जिदान । सबैले मलाई केहि न केहि दिए ।’


Like it? Share with your friends!

admin