एजेन्सी- लियोनल मेस्सीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ ।घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो ।जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा छ ।

मेस्सीले क्लबमा इतिहास लेखाइसकेको भन्दै तारिफ गरेका राउसाउडले भने, ‘उनी हाम्रा महान खेलाडी हुन् । तर अहिलेको अवस्था त्यस्तै छ । अहिलेको अवस्था उनलाई पनि थाहा छ । हामी कसैलाई मुर्ख बनाउन चाहँदैनौं । उनलाई राख्नका लागि हामी हरसम्भव प्रयास गर्नेछौं । तर पहिलो प्राथमिकता भने क्लब हुनेछ ।’मेस्सीको गोलमा आइतबार मेस्सीले लेभान्तेलाई १–० ले हराएको थियो । ११ खेलमा १७ अंकसहित टोली आठौं स्थानमा छ ।


Like it? Share with your friends!

admin