एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउदा युभेन्टस घरेलु मैदानमा एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा युभेन्टसका लागि फेडरिको चिसाले गोल गर्दा एटलान्टाका रेमो फ्रिउलेरले बराबरी गोल फर्काएका थिए । खेलको पाँचौ मिनेटमा नै रोनाल्डाले सुवर्ण अवसर खेर फालेका थिए ।

१२औं मिनेटमा रोनाल्डोको पासमा अल्भारो मोराटाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युभेन्टसले अग्रा लिन सकेन । २९औं मिनेटमा चिसाले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एटलान्टा बराबरीबाट चुक्यो ।

४१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको शक्तिशाली प्रहारलाई युभेन्टसका गोलरक्षक सेजेस्नीले मुस्किलले बचाउदै बराबरी टारे । ४८औं मिनेटमा मोराटाले सुवर्ण अवसर चुकाउदा अग्रता दोब्बर पार्नबाट चुक्यो । ५७औं मिनेटमा रेमो फ्रिउलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६१औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि रोनाल्डो चुके । फेडरिको चिसामाथि हेन्स हाटेनबोइरले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहारलाई गोलरक्षक गोलिनीले बचाए । लगत्तै ६२औं मिनेटमा मोराटाको प्रहारमा गोलिनीले बाधक बने ।


Like it? Share with your friends!

admin