1
1 point

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा वल्फ्सवर्गमाथि २–१ को पुनरागमन जित निकालेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले एक गोलले पछि परेको अवस्थामा लेवान्डोस्की चम्किएपछि पूनरागमन जित हात पारेको हो । वल्सवर्गका म्याक्सिमिलियन फिलिपले गरेको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिनाका खेलको पाँचौ मिनेटम नै म्याक्सिमिलियन फिलिपको गोलमा बायर्न पछि परेको थियो । उनले ककेभिन एमबावुको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा किङ्सले कोमानको पासमा लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको शुरु ५०औं मिनेटमा जेरोमी बोएटिङको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । यससँगै लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा २५१ गोल पुरा गरेका छन् । उनी बुन्डेसलिगामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहेको छ । उनले बोरुसिया डर्टमुन्डबाट ७४ गोल र बायर्नबाट १७७ गोल गरेका छन् ।

बायर्न म्युनिखका गर्ड मुलरले ३६५ गोल र साल्केका क्लाहस फिस्चेरले २६८ गोल गरेका छन् । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

यो जितसँगै बायर्न १२ खेलबाट २७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको बायर लिभरकुसनको २८ अंक छ । पराजित वल्फ्सवर्ग २१ अंकसहित पाँचौ स्थानमा छ ।


Like it? Share with your friends!

1
1 point
admin