एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोको निर्णायक गोलमा लिभरपुलले शीर्षस्थानमा रहेको टोटेनहममाथि २–१ को रोमाञ्चक जित निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको २६औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता लिएको थियो । कर्टिस जोन्सले फिर्मिनोसँगको वान टु वान पासमा सलाहले १८ यार्डबाट गरेको प्रहार डिफ्लेक्ट हुदै गोलरक्षक ह्युगो लोरिसलाई बिट हुदै गोलमा परिणत भएको थियो ।

तर लिभरपुलको त्यो अग्रता लामो समय टिकेन । जियोभानी लो सेल्सोको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाई १–१ गोलका बराबरीमा ल्याए । ३७औं मिनेटमा सलाह चुक्दा लिभरपुलले अग्रता बढाउन सकेन । ६४औं मिनेटमा स्टेभन वर्गवाइनले गरेको प्रहार पोस्टमा लागेर फर्कदा टोटेनहम अग्रता लिनबाट चुक्यो ।

बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा एन्ड्रिउ रोबर्टसनको कर्नरमा फिर्मिनोले हेडरमार्फत गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाउदै महत्वपुर्ण ३ अंक दिलाए ।


Like it? Share with your friends!

admin