एजेन्सी । न्युजिल्याण्ड आईसीसीको टेस्ट क्रिकेटको विश्व वरीयताको शीर्ष स्थान नजिक पुगेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानको नजिक पुगेको हो ।नयाँ वरीयता अनुसार न्युजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । न्युजिल्याण्डले शीर्ष स्थानको अष्ट्रेलियासँग रेटीङ अंक बराबर समेत गरेको छ ।

न्युजिल्याण्डले २४ खेलमा १ सय १६ रेटीङ अंक पाएको छ । शीर्ष स्थानको अष्ट्रेलियाको २६ खेलमा १ सय १६ अंक नै रहेको छ ।घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध २ खेलको टेस्ट सिरिज क्लिन स्विप गरेपछि न्युजिल्याण्ड शीर्ष स्थान नजिक पुगेको हो ।न्युजिल्याण्डले दुबै खेलमा एकै इनिङ्समा जित निकालेको थियो ।

नयाँ वरीयता अनुसार भारत तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड चौंथो र श्रीलंका पाँचौ स्थानमा रहेको छ ।यस्तै दक्षिण अफ्रिका, पाकिस्तान,वेस्ट इन्डिज, बंगलादेश र जिम्बावे क्रमसः छैटौंबाट दशौँ स्थानसम्म रहेका छन् ।


Like it? Share with your friends!

admin