-1
-1 points

एजेन्सी । करिम बेन्जिमा चम्किएको खेलमा रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ ।मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएको हो ।

जितसंगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ ।

एथ्लेटिकोका राहुल गर्सिया सुरुवातमै रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली एथ्लेटिको १० खेलाडीमा सिमिति बनेको थियो ।त्यसपछि टोनी क्रुसको गोलमा रियलले पहिलो हाफमा १–० ले अग्रता लिएको थियो । भिनिसियस जुनियरको पासमा क्रुसले पहिलो हाफमा रियललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भए लगत्तै एन्डर कापाले ५२ औं मिनेटमा पाहुना टोली एथ्लेटिकोलाई बराबरीमा ल्याए ।त्यसपछि करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए ।७४ औं मिनेटमा ड्यानी कार्भाजलको पासमा रियलका लागि दोस्रो गोल गरेका उनले ईन्जुरी समयमा ब्यक्तिगत दोस्रो गोल पुरा गरे ।

लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई ३–१ को जित दिलाएका हुन् । रियलले पछिल्ला चार खेलमा जित निकालेको छ र पुरानै लयमा फर्किएको संकेत गरेको छ ।रियलले तालिकामा बार्सिलोनासंग ९ अंकको अग्रता लिएको छ ।


Like it? Share with your friends!

-1
-1 points
admin